images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक, सुन तस्करी प्रकरणमा निर्णय लिने

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक, सुन तस्करी प्रकरणमा निर्णय लिने

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • images
    images
    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक, सुन तस्करी प्रकरणमा निर्णय लिने

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा सुन प्रकरण प्रकरणबारे महत्तवपूर्ण छलफलका गरिने अनुमान गरिएको छ ।

    images
    images


    सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको छ ।


    ६० केजी सुन र भेपमा उनीहरुले  त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

    ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बिहीबार नै बुझाइसकेको छ । 

    असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार