images
images

आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स : अर्थतन्त्र र बैङ्किङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिबारे कसले के भने ?

आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स : अर्थतन्त्र र बैङ्किङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिबारे कसले के भने ?

शनिवार, चैत ३ २०८०
शनिवार, चैत ३ २०८०
  • images
    images
    आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स : अर्थतन्त्र र बैङ्किङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिबारे कसले के भने ?

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ को आयोजना गरेको छ । शनिबार काठमाडौँमा आयोजित उक्त कन्फ्रेन्समा राष्ट्रिय अर्थतन्त्र र बैङ्किङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरूको बिषयमा अर्थविद्, बैङ्किङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा ब्यापक छलफल गरिएको छ । 

    images
    images

    उक्त आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुने र तिनका आधारमा नीतिहरू आधारभूतरूपमा परिवर्तन नहुने बताएका छन् । 

    सोही आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेको जिकिर गर्दै उनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताए । 

    राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी सरकारले नयाँ ढङ्गले कार्य गरिरहेको उनको भनाइ छ ।

    “बैङ्किङ क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्छ,” उनले भने । 

    यसैगरी नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैङ्क विभिन्न परिसूचकहरूको आधारमा सबल रहेको र आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

    उनले बैङ्किङ क्षेत्रले जनविश्वास कायम गर्ने गरी कार्य गर्नुपर्ने र साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । 

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैङ्किङ्ग क्षेत्रको बारेमा अवगत गराए । 

    उनले राष्ट्रिय वाणिज्य बैङ्कले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताए । 

    नेपाल बैङ्कर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैङ्किङ क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताए । 

    उनले भने, “बैङ्किङ क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौँ । उनले नेपालको बैङ्किङ क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैङ्किङ क्षेत्र हुन सक्ने बताए । 

    सो कन्फ्रेन्समा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैङ्कर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्यलगायतले धारणा राखेका थिए । 

    कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहेको छ । बैङ्किङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैङ्किङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैङ्कले आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्सको आयोजना गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार