images
images

नेपालीले भारतका क्युआर र भारतीयले नेपाली बैङ्कका एप वा क्युआरमार्फत भुक्तानी गर्न सक्ने

नेपालीले भारतका क्युआर र भारतीयले नेपाली बैङ्कका एप वा क्युआरमार्फत भुक्तानी गर्न सक्ने

शनिवार, चैत ३ २०८०
शनिवार, चैत ३ २०८०
  • नेपालीले भारतका क्युआर र भारतीयले नेपाली बैङ्कका एप वा क्युआरमार्फत भुक्तानी गर्न सक्ने

    काठमाडौँ / अब नेपालीले भारतका क्युआरमार्फत र नेपालमा कार्यरत भारतीय नागरिकले मोवाइल बैङ्किङ एप वा क्युआर कोडमार्फत भारतस्थित आफ्नो बैङ्क खातामा रकम जम्मा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक निर्देशन  जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

    images
    images
    images
    images

    निर्देशन अनुसार अब वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका विकास बैङ्कमा खाता हुनेहरूले भारतका क्युआरमार्फत भुक्तानी गर्न सक्ने भएका हुन् ।

    त्यस्तै, भारतमा कार्यरत नेपालीले पनि भारतीय बैङ्क तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नेपाली बैङ्क खातामा रकम भुक्तानी गर्न सक्ने छन् । 

    क्रस बोर्डर क्युआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट कर्पोरसन अफ इन्डियाबिच गत भदौमा सम्झौता भएको थियो । 

    त्यससँगै भारतीयलाई नेपालमा क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक सुरुवात भए पनि राष्ट्र बैङ्कले स्वीकृति नदिएको कारण भारत जाने नेपालीले क्युआरमार्फत भुक्तानी गर्न पाएका थिएनन् । 

    नेपाली बैङ्कका एप वा क्युआरमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैङ्क तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा सीमित रकम जम्मा गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । 

    राष्ट्र बैङ्कले ‘विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०८०’को संशोधनमा नेपालमा कार्यरत भारतीय नागरिकलाई पारिश्रमिक बापतको सटही सुविधाका लागि क्युआर कोर्डमार्फत प्रतिदिन १५ हजार रुपैयाँदेखि महिनाको १ लाख भारतीय रुपैयाँसम्म जम्मा गर्न दिइनेछ । 

    एकीकृत परिपत्रको दफा १७ मा उपदफा ३ थपेर राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । साथै, परिपत्र २०८० को दफा १३ मा भारतबाट नेपालमा विप्रेषण भित्र््याउने प्रयोजनका लागि नेपाली नागरिकले भारतीय बैङ्क तथा वित्तीय संस्थामा खोलेको खातामार्फत नैपाल बैङ्क खातामा रकम ट्रान्सफर गर्न सक्ने भनिएको छ । 

    नेपाल राष्ट्र बैङ्क र भारतीय रिजर्भ बैङ्कले व्यवस्था गरेको ‘इन्डो–नेपाल रेमिट्यान्स फसिलिटि स्किम’अन्तर्गत यस्तो सुविधाहरू लागु गरिएको छ । 

    एकीकृत परिपत्र २०८० को दफा ७ संशोधन गर्दै राष्ट्र बैङ्कले नेपाली व्यवसायीहरूका लागि पनि नयाँ व्यवस्था लागु गरेको हो । 

    ”नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवत्र्य विदेशी मुद्रा वाणिज्य बैङ्क तथा राष्ट्रिय स्तरका विकास बैङ्कमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्युआरमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सकिनेछ,” एकीकृत परिपत्र २०८० को दफा ७ संशोधनमा उल्लेख छ । 

    त्यस्तै, विदेश भ्रमणमा जाने नेपालीले विदेशी मुद्राको सटही सुविधा पाउने राष्ट्र बैङ्कको सर्त तथा सुविधाभित्र रहेर उक्त सटही सुविधा प्रदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार