images
images

माछापुच्छ्रे बैंकले तीन महिनामा कमायो ५० करोड ३२ लाख रुपैयाँ, अधिकांश सूचकमा सुधार

माछापुच्छ्रे बैंकले तीन महिनामा कमायो ५० करोड ३२ लाख रुपैयाँ, अधिकांश सूचकमा सुधार

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • माछापुच्छ्रे बैंकले तीन महिनामा कमायो ५० करोड ३२ लाख रुपैयाँ, अधिकांश सूचकमा सुधार

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । अधिकांश वित्तीय सूचकहरूमा सुधार गरेको बैंकको नाफा भने गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो । 

    images
    images
    images
    images

    बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा ५४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ पुगेको छ । 

    गत बर्षको सोही अवधिसम्म भने बैंकले १ अर्ब ४१ करोड २२ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत र सञ्चालन मुनाफा २७.६२ प्रतिशतले बढेको छ। 

    अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ । बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ बराबर रहेको छ ।

    बैंकको पिई रेसियो १५.३३ रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३२ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा, बेस रेट ३.९९ र सिडी रेसियो ८१.१० रहेको छ । 

    Machhapuchre note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार