images
images

फ्लोरा एक्स्पोको तेस्रो दिन : ४० हजारले गरे मेलाको अवलोकन, ८५ लाखको कारोबार

फ्लोरा एक्स्पोको तेस्रो दिन : ४० हजारले गरे मेलाको अवलोकन, ८५ लाखको कारोबार

शनिवार, चैत ३ २०८०
शनिवार, चैत ३ २०८०
  • फ्लोरा एक्स्पोको तेस्रो दिन : ४० हजारले गरे मेलाको अवलोकन, ८५ लाखको कारोबार

    काठमाडौँ  / काठमाडौँको भृकुटीमण्डपमा तीनदेखि जारी २५औँ पुष्प मेलामा शनिबार मात्रै ३५ लाख रुपैयाँबढीको कारोबार भएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार शनिबार १७ हजारले मेलाको अवलोकन गरेका हुन् । 

    images
    images

    आइतबारसम्म चल्ने सो पुष्प मेलालाई ५० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँको कारोबार हुने फ्यानको अपेक्षा छ । 

    तीन दिनमा ४० हजारले मेलाको अवलोकन गरिसकेका छन् भने करिब ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    २५औँ फ्लोरा एक्पो  ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलालाई आज कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले अलोकन गरेकी थिइन् । 

    1.jpg

    अवलोकनपछि  उनले यो मेला अवलोकन गरेपछि पुष्प क्षेत्रको सम्भावना निकै रहेको पाएको उनले बताइन् । 
    फूलखेतीले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताइन् । 

    पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आज आफू अवगत भएको र केही दिनमै सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी त्यसलाई समाधान गर्ने मन्त्री साहको भनाइ छ । 

    3.jpg

    पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिदै उनले पुष्प क्षेत्रमा चुनौती छ तर त्यसका अवसरहरु पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताइन् । 

    4.jpg

    मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । 

    आइतबारसम्म मेलालाई करिब ५० हजार भन्दा बढीले अवलोकन गर्ने विश्वास आफूलाई लागेको बताउँदै उनले कारोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको बताए । 

    2.jpg

    मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ । 
    मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

    फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । 

    5.jpg

    नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । 

    7.jpg

    नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए ।

    6.jpg

    विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार