images
images

राजाबादीहरुलाई प्रचण्डको जवाफ – लडाईँको बिचमा त राजासँग डराइएन, अहिले किन डराउने ?

राजाबादीहरुलाई प्रचण्डको जवाफ – लडाईँको बिचमा त राजासँग डराइएन, अहिले किन डराउने ?

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    राजाबादीहरुलाई प्रचण्डको जवाफ – लडाईँको बिचमा त राजासँग डराइएन, अहिले किन डराउने ?
    images
    images

    काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो राजावादीले गरेको वृहत प्रदर्शनले आफूहरु नडगमगाएको बताएका छन् । 

    images
    images

    सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा उनले पत्रकारहरुले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए ।

    उत्तरमा उनले भने,‘ हिजोको प्रर्दशनले केही हल्लाको छैन् । डराउनेवाला पनि छैनौं । त्यत्रो लडाइकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा ।’

    उनले जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे ।

    साथै उनले सरकार  सेटिङमा आफ्ना मान्छे भर्ती गर्ने र नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत हुँदा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको पनि आरोप लगाए । 

    उनले भने,‘यसको जिम्मेवारी सरकारले लिनै पर्छ । सरकार जुन ढंगले बोल्यो जनतामा निराशा र आक्रोस् छ । जनताको समस्यामा ध्यानकेन्दीत सरकारको अझै हुन सकेको छैन । 

    सेटिङमा आफ्ना मान्छे भर्ति गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रीत भएको हुनाले जनतामा निकै ठूलो निराशा छ । त्यसैले गर्दा प्रतिक्रियावादी शक्तिहरुले मौका पाएको जस्तो देखिन्छ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार