काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ ।
सात महिनामा आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढ्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले र अमेरिकी डलरमा ५.३ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेको छ ।
नेपाल सरकारको खर्च ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन ६४२ अर्ब ८५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।
हेर्नुस् पूर्णपाठसहित