चर्चित समाचार
  • यस्तो छ सुजुकीको नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना

    यस्तो छ सुजुकीको नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना

    बिहिवार, चैत १५ २०८०
    बिहिवार, चैत १५ २०८०
  • यस्तो छ सुजुकीको नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना

    काठमाडौं/  सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ बर्षमा, नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना ल्याएको छ ।


    यस बर्ष सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १०,००० रुपैयाँ नगद छुट साथै थप Scratch Card  मार्फत पाउने कम्पनीले जनाएको छ । यस्तैगरी नगद छुट  रु १,००,००० सम्म क्यास एक्कासी पाउन सक्नेछन् । 

    कुनै पनि  पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५,०००।– र स्कुटरमा रु २०,०००।– प्राप्त हुन सक्ने कम्पनीले जनाएको छ । फाइनान्समा जिरो प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । 

    सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ । 
    बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।

    सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र बस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ । 

    आजको बदलिदो जीवन शैलीमा विश्वको द्रुत गतिमा चल्ने HAYABUSA देखि लिएर सर्व साधारणको पहुँचमा पुग्ने जस्ता मोटरसाइकल fOsn  [ Gixxer 250, Gixxer 150, Intruder, Hayate ] तथा स्कुटर/ [Avenis 125, Burgman 125, Access 125] को उत्पादनमा समेत आफ्नै बर्चश्व रहेको छ । 

    यो योजना चैत  १४, २०८० देखि जेष्ठ १८, २०८१ साल सम्म लागू हुने कम्पनीले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार