images
images

विकल र सुनिललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले दियो अनुमति

विकल र सुनिललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले दियो अनुमति

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • विकल र सुनिललाई थप २१ दिन थुनामा राख्न विशेष अदालतले दियो अनुमति

    काठमाडौँ / नेपाल टेलिकमका पूर्वप्रबन्धक निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।

    images
    images

    गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ परेका पौडेलद्वयलाई थप २१ दिन थुनामा राखिने भएको हो । 

    माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि आयोगले उनीहरूलाई पक्राउ गरेको थियो । 

    सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन्। अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ  बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरेको थियो। 

    विकल भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रतिवादी छन्। उनीविरूद्ध गत वैशाखमा मुद्दा दायर भएको थियो। अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो।

    विकल एक्लैविरुद्ध अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार