images
images

एनसेल र महिला उद्यमी महासङ्घ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य

एनसेल र महिला उद्यमी महासङ्घ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • एनसेल र महिला उद्यमी महासङ्घ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य

    काठमाडोँ / एनसेल र महिला उद्यमी महासङ्घ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक-आर्थिक विकासमा योगदान पु-याउने उदेश्य राखेको छ ।
     
    सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
     
    चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासङ्घ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए ।
     
    नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । 

    images
    images

    उक्त सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार