images
images

“नस्ल सुधारका लागि ल्याइएका याक खुशी छैनन्, दुब्लाउँदै गए”

“नस्ल सुधारका लागि ल्याइएका याक खुशी छैनन्, दुब्लाउँदै गए”

शुक्रवार, चैत २३ २०८०
शुक्रवार, चैत २३ २०८०
  • “नस्ल सुधारका लागि ल्याइएका याक खुशी छैनन्, दुब्लाउँदै गए”

    मनाङ / सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरू राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । 

    images
    images

    आकारमा साना भएकाले यहाँका ठूला याकहरूसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताए । उनले भने, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरूलाई जोगाउन पनि समस्या जस्तै भएको छ ।” आकारमा साना भएकाले ठूला याकले हानेर मारिदिने डर कायमै रहेको उनले बताए । 

    अध्यक्ष थकालीले माथि जाने बेला नभएकाले जहाँ वितरण गरिएको थियो सोही ठाउँमा ती याकलाई राखिएको जानकारी दिए । नार्पाभूमिका लागि छुट्याइएका याकहरू हालसम्म पनि सो पालिकाले नलैजाँदा महिनाको रु ३० हजार खर्च गरी ब्याडका रूपमा पालिरहेको उनले बताए । 

    गत पुस १९ गते सोलुखुम्बुबाट मनाङ हिँडाइएका नौवटा याक मनाङ आइपुगेका थिए । ती याक यहाँका किसानलाई वितरण गरिएको थियो । ङिस्याङ गाउँपालिकाको पिसाङ समूहलाई एक, भ्राकास्थित तीन गोठलाई एक तथा नासोँ गाउँपालिकाका तीन समूहलाई एक/एकका दरले वितरण गरिएको थियो । 

    चामे गाउँपालिकामा समहूलाई र तीन गोठको समूहलाई एक/एक वटा वितरण गरिएको छ । बाँकी दुई याक याकचौँरी संरक्षण संस्थामा हेरालुको व्यवस्था गरी राखिएको थियो । चारवटा पालिका रहेको जिल्लामा हरेक पालिकालाई दुईवटाका दरले वितरण गर्ने भनिए पनि नार्पाभूमि गाउँपालिका विकटमा हुनुका साथै त्यहाँका कोही पनि सम्पर्कमा नआएपछि संस्थामै राखिएको अध्यक्ष थकालीले बताए । 

    २५ प्रतिशत किसानले बेर्होर्ने गरी वितरण गरिएका सबै याकको बीमा गरिएको, काटमार तथा बेचबिखन गर्न नपाइने सर्त राखिएको उनको भनाइ छ । 

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । हाडनाता प्रजनन्ले मनाङका याकको नस्ल राम्रो नभएकाले किसानको २५ प्रतिशत लागत साझेदारीमा ती याक वितरण गरिएको निर्देशनालयले जनाएको छ । सरकारी मूल्यअनुसार रु २० देखि २५ हजारमा ती याक किनिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार