images
images

अब एक घण्टामै श्रम स्वीकृति पाइने, मोवाइलबाटै आवेदन दिन सकिने

अब एक घण्टामै श्रम स्वीकृति पाइने, मोवाइलबाटै आवेदन दिन सकिने

"अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सकिने "

आइतवार, चैत २५ २०८०
आइतवार, चैत २५ २०८०
  • अब एक घण्टामै श्रम स्वीकृति पाइने, मोवाइलबाटै आवेदन दिन सकिने

    काठमाडौँ / वैदेशिक रोजगारीमा जान चाहानेले १ घण्टामै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् । 

    images
    images

    आइतबार श्रम कार्यालय ताहाचलमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले श्रम स्वीकृतिका आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताए । कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास मन्त्री अर्यालको जिकिर छ । 

    उनले भने, “अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था छ ।”

    वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्पूर्ण कागजहरू अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने मन्त्री अर्यालको दावी छ । 

    “अब सम्पूर्ण वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूले सम्पूर्ण कागजहरू र आवश्यक प्रक्रिया पूरा गरे सिस्टममा राखेको अवस्थामा एक घण्टामा आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति पाउन सक्नुहुन्छ,” उनले भने । 

    पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति नभएर पेण्डिङमा नरहेको उनको भनाइ छ । मन्त्री अर्यालले भने, “डकुमेन्टमा शङ्का लागेमा रिजेक्सनमा राखेर राख्छौँ । त्यसको लागि आवश्यक प्रविधि र कम्प्युटर लगायत अन्य कुरामा सुधार गरिरहेका छौँ । दैनिक रूपमा दुई सिफ्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको छ । त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्छौँ ।”

    मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको  अन्त्य भएको घोषणा गर्दै उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने दाबी गरे । 

    वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी रोक्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै पनि विषयमा सिन्डिकेट लाग्न नदिने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार