images
images

सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार लगानी सम्मेलनका सम्बन्धमा नेपालस्थित कूटनीतिक नियोगहरू, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूसँग छलफल एवं परामर्श गर्दै उनले यस्तो बताएका हुन् । 

    images
    images

    आगामी वैशाख १६ र १७ मा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा सरकारले सम्भाव्य विदेशी लगानीकर्ताहरूको उल्लेख्य सहभागिताका लागि कूटनीतिक नियोगहरू र विकास साझेदारहरूको सहयोग अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताए । 

    नेपालले लगानीको वातावरण सुधारका लागि महत्त्वपूर्ण कानुनी, संस्थागत र प्रक्रियागत सुधार तथा लगानीयोग्य परियोजनाहरू समेत तयार भइरहेको उनले जानकारी दिए । 

    “लगानी सम्मेलनमा विभिन्न क्षेत्रका सम्भाव्य परियोजनाहरू शोकेस, मार्केट साउन्डिङ तथा लगानी आह्ववान गरिने हुँदा विदेशी लगानीकर्ताहरूलाई यो अवसर उपयोग गर्नका लागि यहाँहरूबाट सन्देश प्रवाहित हुनेछ भन्ने नेपाल सरकारले विश्वास लिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकार लगानीको पूर्ण सुरक्षाका लागि प्रतिवद्ध छ। लगानीकर्ताको चासो र उनीहरूले सामना गर्नुपरेका समस्यालाई तत्काल सम्बोधन गरिनेछ।” 

    लगानी सम्मेलनको सफलता परियोजनामा व्यक्त हुने लगानीको प्रतिवद्धता र त्यसको प्राप्ति (रियलाइजेसन) मा निर्भर हुने बताउँदै उनले लगानी सहजीकरणका लागि लगानी बोर्डको कार्यालय र उद्योग विभागमार्फत् विदेशी लगानीलाई व्यवस्थित गरिएको उल्लेख गरे । 

    कूटनीतिक नियोग, विकास साझेदार तथा लगानीकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै नेपाललाई लगानीकर्ताको मुख्य छनौटको गन्तव्य बनाउन सरकार प्रयासरत रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

    उक्त छलफलमा सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले द्विपक्षीय लगानी समझदारीको फ्रेमवर्क मन्त्रिपरिषद्‍बाट पारित भैसकेको जानकारी गराउनु हुँदै लगानी सम्मेलनमा शोकेस हुने परियोजनाहरूको सूची र विवरण छिट्टै सार्वजनिक गरिने बताए । 

    कार्यक्रमको प्रारम्भमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आगामी लगानी सम्मेलनको तयारी, संशोधन हुन लागेका कानुनहरू तथा लगानी सम्मेलनमा शोकेस हुने परियोजनाबारे जानकारी दिएका थिए । 

    सम्मेलनले नीति निर्माता, निजी क्षेत्र, लगानीकर्ता, विकास साझेदार, विकास वित्त प्रदायक, बैङ्क तथा वित्तीय संस्था, विज्ञ, थिंक ट्यांक लगायतलाई एकै ठाउँमा ल्याउने हुँदा विदेशी तथा स्वदेशी लगानीकर्ता तथा अन्य सहभागीहरूका लागि नेटवर्किङ गर्ने, लगानी सम्भाव्यता पहिल्याउने र लगानी सम्बन्धी समझदारीरसम्झौता गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने उनले बताए । 

    साथै उनले सार्वजनिक निजी साझेदारीका परियोजनाहरूको क्तचगअतगचष्लन, लगानी स्वीकृति गर्ने निकायहरूको संस्थागत सुदृढीकरणमा बहुपक्षीय विकास साझेदारहरूको सहयोग रहने विश्वास व्यक्त गरे ।

    छलफलमा राजदूतहरू र विकास साझेदार संस्थाका प्रतिनिधिहरूले कानुन संशोधनका व्यहोरा, परियोजनाका विवरण तथा द्विपक्षीय लगानी संरक्षण सम्झौता जस्ता विषयमा चासो रोखका थिए । सो अवसरमा उनीहरूले लगानी सम्मेलनको पूर्ण सफलताका लागि सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याए । 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री बर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेत तथा सचिवहरूका साथै उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार