images
images

चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, राजस्व संकलन कति ?

चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, राजस्व संकलन कति ?

फागुन महिनाको तुलनामा चैतमा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो ।

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • चैतमा साढे ४९ हजार घरजग्गा किनबेच, राजस्व संकलन कति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चैत महिनामा घरजग्गा कारोबार घटेको छ । फागुन महिनाको तुलनामा चैतमा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । 

    images
    images

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा देशभरका मालपोत कार्यालयबाट साढे ४९ हजार ६ सय १२ वटा घरजग्गा किनबेच भएको छ । 

    विभागको तथ्याङ्क अनुसार चैतमा ४९ हजार घरजग्गा लिखित पारित हुँदा ३८ हजार ७ सय ४० वटा घरजग्गाको रोक्का र २९ हजार १ सय ५२ वटा घरजग्गाको फुकुवा भएको छ । साथै सो अवधिमा १७ वटा अपार्टमेन्टको लिखित पारित भएको छ ।

    कुन महिनामा कति भयो किनबेच ? 

    विभागअनुसार साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यसैगरी भदौमा भदौमा ३५ हजार ६८६ वटा, असोजमा ३९ हजार ८८१ वटा र कार्तिकमा २६ हजार ४६ वटा घरजग्गा किनबेच भएको थियो ।

    मंसिरमा ४१ हजार ८५१ वटा, पुसमा ४५ हजार २७५ वटा, माघमा ५० हजार ९२१ वटा र फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किबनेच भएको थियो । चैतमा फागुनको तुलनामा करिब एक हजार कम घरजग्गा किनबेच भएको छ ।

    इनरुवा सुनसरी मालपोत कार्यालयबाट सबैभन्दा बढी किनबेच

    चैत महिनामा सबैभन्दा बढी इनरुवा सुनसरी मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको छ । उक्त कार्यालयबाट चैतमा २ हजार ८२ वटा घरजग्गा किनबेच भएको छ ।

    विभागको तथ्याङ्कमा भद्रपुर झापा मालपोत कार्यालयबाट १८ सय ३५ वटा, जनकपुरधाम धनुषाबाट १८ सय २३ वटा, बेलबारी मोरङबाट १७ सय ९९ वटा, राजविराज सप्तरीबाट १३ सय २ वटा, मलंगवा सर्लाहीबाट ११ सय ८२ वटा र सिराहा कार्यालयबाट १ हजार ९८ वटा घरजग्गा किनबेच भएको तथ्याङ्कमा उल्लेख छ ।

    करिब साढे ४ अर्ब राजस्व संकलन

    चैत महिनामा साढे ४९ हजार घरजग्गा किनबेच हुँदा साढे ४ अर्ब राजस्व संकलन गरेको छ । विभागअनुसार चैतमा ४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    चैतमा सेवाकरवापत ३१ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ४९ करोड १७ लाख रुपैयाँ र पूँजीगत लाभकरवापत १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँसहित अन्य विभिन्न सेवा प्रवाहबाट राजस्व संकलन गरेको विभागले जनाएको छ ।

    कुन मालपोत कार्यालयबाट कति भयो राजस्व संकलन ? 

    राजस्व संकलन गर्ने मालपोत कार्यालयमा सबैभन्दा अगाडि लगनखेल रहेको छ । चैतमा उक्त मालपोतबाट ४२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    त्यसैगरी भक्तपुरबाट २९ करोड ८२ लाख रुपैयाँ, कलंकीबाट २७ करोड ८६ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयबाट २६ करोड ९६ लाख रुपैयाँ, चावहिलबाट २५ करोड ६६ लाख रुपैयाँ र चितवनबाट १४ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार