images
images

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : अध्यक्ष ढकाल

स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : अध्यक्ष ढकाल

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ : अध्यक्ष ढकाल
    images
    images

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । 

    ७३औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व सङ्कलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्नेतर्फ सरकारका क्रियाकलापहरू केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने बताएका हुन् ।

    “व्यापार सहजीकरण, स्वच्छ र निश्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मूख्य उद्देश्य लिएर हिडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व सङकलनलाई उच्च महत्त्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु मुलुकको दिर्घकालिन हितको लागि श्रेयस्कर हुन्छ,” उनले भने । 

    उनले वैध व्यापार प्रोत्साहित गरी अवैध व्यापार नियन्त्रण गर्न वैदेशिक व्यापार हुने मूख्य देशहरूसँग द्विपक्षीय सम्झौता गरी स्वचालित डाटा आदनप्रदान गर्न सकेको खण्डमा पनि भन्सार कार्यालयमा आउने न्युन तथा अधिक विजकीकरण, वर्गीकरण लगायतका समस्याहरु धेरै हदसम्म न्युनीकरण गर्न सकिने बताए । 

    ठुलो मात्रामा व्यापार हुने छिमेकी मुलुकहरुसंगको खुला सिमाना, आयातमुखि राजस्व संरचना, स्वदेशी उद्योगको संरक्षणको लागि सरकारले लगाएका भन्सारका उच्च र धेरै प्रकारका दरहरुले चोरी पैठारी र राजस्व जोखिमलाई बढाईरहेको हुनाले यसको न्युनीकरणको लागि नीतिगत रूपमा नै सम्बोधन गर्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।

    एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि भन्सार सम्बन्धि अन्य धेरै निकायबाट जारी हुने सिफारिस, अनुमति लगायतका प्रमाणपत्रहरु स्वचालित रूपमा हुने गरेका र यसले यसले आयात निर्यात धेरै सहज भएको अध्यक्ष ढकालले उल्लेख गरे । 

    साथै, निकासीको लागि आवश्यक पर्ने उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीमा आवद्ध गर्न भन्सार विभागले आवश्यक पहल गर्नुपर्ने उनको धारणा छ । 

    उनले प्रविधिसँगै भौतिक पुर्वाधारहरुको पनि व्यापार सहजीकरणमा महत्वपुर्ण योगदान रहने उल्लेख गर्दै निर्माणाधिन आइसीपीहरूको शिघ्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाहरूको स्थापना र विस्तारमा समयमै ध्यान दिन सरकारलाई अनुरोध गरे । 

    अध्यक्ष ढकालले सार्वजनिक सेवा प्रवाह र लगानी अभिवृद्धि गर्ने वातावरण निर्माणका लागि अध्यादेशबाट एकमुष्ट २ दर्जनभन्दा बढी कानुनहरूमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यवसायिक वातावरण बनिरहेको अनुभुती निजी क्षेत्रले गरेको बताए । 

    महासंघले चालु आर्थिक बर्षको बजेट तर्जुमाको क्रममा छुट्टै भन्सार महसुल ऐन, भन्सार जाँचपास परिक्षणको समय सीमा लगायतका भन्सार सम्वन्धि धेरै सुझावहरू दिएको स्मरण गराउँदै अध्यक्ष ढकालले महासंघले उठाएका केही विषयहरू सम्बोधन भएपनि अन्य थुप्रै विषय थाती रहेकोले आउने दिनमा ती विषयहरूमा सम्बोधन हुने अपेक्षा गरे । 

    ७३ बर्ष अगाडि विश्व भन्सार परिषदको पहिलो सम्मेलन भएको सम्झनामा आजको दिन (२६ जनवरीलाई)लाई विश्व भन्सार संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रम आयोजना गरी यो ऐतिहासिक अवसरलाई स्मरण गर्ने गरिन्छ । 

    यो वर्ष अन्तर्राष्ट्रिय भन्सार संगठनले ‘दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल उद्देश्यका साथ’भन्ने नारासहित अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार