images
images

गौर भन्सार कार्यालयले ६ महिनामै उठायो लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व

गौर भन्सार कार्यालयले ६ महिनामै उठायो लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • गौर भन्सार कार्यालयले ६ महिनामै उठायो लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व
    images
    images

    रौतहट / गौर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनाको अवधिमा ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो ।

    पुस महिनामा रु तीन करोड ४७ लाख १४ हजार राजस्व सङ्कलन भएको र यो लक्ष्यभन्दा १७ प्रतिशत बढी रहेको गौर भन्सार कार्यालयले   जानकारी दिएको छ । चालु आर्थिक बर्षको साउनदेखि पुससम्म कुल रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले बताए ।

    यो भन्सार विभागले दिएको राजस्व लक्ष्यको ८५ प्रतिशत भएको उनले उल्लेख गरे । विभागले यस आर्थिक वर्षको लागि गौर भन्सारलाई कुल रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको उनले बताए ।

    भन्सार कार्यालयले अवैध किसिमले हुने चोरीपैठारी रोक्न र यस्ता कार्यमा सग्लनलाई कानुनी दायरामा ल्याउन थालेपछि राजस्व सङ्कलनमा वृद्धि भएको उनले जानकारी दिए । यस वर्षको राजस्व लक्ष्य पूरा गर्न कार्यालय अझै थप प्रभावकारी तरिकाले अघि बढने कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।

    चालु आर्थिक बर्षको साउन देखि पुससम्म रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    यस अवधिमा अवैध सामान ओसारपसारमा संलग्न ६६ जनालाई पक्राउ गर्नुका साथै १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल, र चारवटा सिटीरिक्सा समेत बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार