images
images

किसानको प्रमुख शत्रु बाँदर र दुम्सी, वन्यजन्तुको आतङ्क कुन प्रदेशमा कति ?

किसानको प्रमुख शत्रु बाँदर र दुम्सी, वन्यजन्तुको आतङ्क कुन प्रदेशमा कति ?

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनअनुुसार किसानको प्रमुख शत्रु बाँदर र दुम्सी देखिएका हुन् ।

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • किसानको प्रमुख शत्रु बाँदर र दुम्सी, वन्यजन्तुको आतङ्क कुन प्रदेशमा कति ?

    काठमाडौँ / नेपालको कृषि र पशुपन्छी क्षेत्रको प्रमुख समस्याका रूपमा बाँदर र दुम्सी देखिएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदनअनुुसार किसानको प्रमुख शत्रु बाँदर र दुम्सी देखिएका हुन् । 

    images
    images

    कार्यालयले २०७९ वैशाख ६ गतेदेखि २०७९ जेठ १९ गतेसम्म ४५ दिन ‘फिल्ड’मै पुगेर गरेको कृषि गणना अनुसार कृषि र पशुपन्छीमा नोक्सान पुर्याउने प्रमुख जनावरमा बाँदर र दुम्सी अग्रस्थानमा छन् । 

    हाल यस्तै, स्याल तेस्रो, बँदेल चौथो, मृग पाँचौँ, बाघ/चितुवा छैठौँ र वन बिरालो सातौँ स्थानमा देखिएको राष्ट्रिय कृषि गणनाको सामुदायिक प्रतिवेदनमा उल्लेख छ । 

    उक्त ४५ दिने अवधिमा गरेको गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्याङ्क सङ्कलन गरिएको थियो । जसको नतिजा आइतबार सार्वजनिक गरिएको हो । 

    प्रतिवेदन अनुसार देशभरी ६ हजार ३६ वडाबाट विवरण सङ्कलन गरिएको थियो । जसले मुलुकको ९० प्रतिशत भूभाग ओगट्छ । 

    ती वडामा लगाइएको बाली र पशुमा क्षति गर्ने जङ्गली जनावरको विवरण सङ्कलन गर्दा सबैभन्दा अग्रस्थानमा बाँदर देखिएको छ । जहाँ ३ हजार ९ सय २७ वडामा बाँदरले नोक्सानी गरेको पाइएको छ ।

    त्यस्तै, २ हजार ७ सय ५२ वडामा दुम्सीले क्षति गरिरहेको देखिएको छ । स्यालको आतङ्क २ हजार ५ सय ३४ वडामा बढी देखिएको छ । बँदेल आतङ्क २ हजार ३ सय ६२ वडामा छ ।

    मृगले १ हजार ६ सय ६८ र बाघ तथा चितुवाले देशभरिका १ हजार ४ सय ९२ वडामा नोक्सान गरिरहेको प्रतिवेदनमा उल्लेख छ । वनबिरालोले १ हजार ४ सय ४०, लोखर्के १ हजार २ सय ४५, भालु ७ सय ७९ र हात्तीले ४ सय ९९ वडामा क्षति गरेको तथ्याङ्क छ ।

    वन्यजन्तुको आतङ्क कोसी र बागमती प्रदेशमा सबैभन्दा धेरै

    प्रदेशगत रूपमा हेर्दा वन्यजन्तुको आतङ्क कोसी र बागमतीका किसानले अधिक भोगिरहेको तथ्यङ्कले देखाएको छ । कोसीको १ हजार ७३ र बागमतीको ९ सय ५४ वडाबाट विवरण संकलन गरिएको थियो । 

    जसमा कोसीका ७ सय ५८ र बागमतीका ७ सय ३२ वडामा बाँदर आतङ्क रहेको देखिएको छ । यस्तै, कोसीको १ सय ६५ र बागमतीको ४ सय ३ वडामा बँदेल आतङ्क रहेको देखिएको छ । 

    यता, कोसी प्रदेशमा बादर र बदेलको साथ–साथै हात्तीको आतङ्क पनि सबैभन्दा धेरै देखिएको छ । यस प्रदेशमा १ सय ४६ वडामा हात्ती आतङ्क रहेको देखिएको छ भने बागमती प्रदेशमा ३८ वडामा रहेको देखिएको छ । 

    यस्तै, बागमतीमा ४ सय १८ र कोसी ३ सय ८० वडाले स्यालको आतङ्क भोगिरहेका छन् । बागमतीमा २ सय ७३  र कोसी १ सय ७२ बाघ आतङ्क देखिएको छ भने भालु आतङ्क बागमतीमा ९१ र कोसीमा १७२ वडामा देखिएको छ । 

    वन्यजन्तुको आतङ्क अन्य कुन प्रदेशमा कति ? 

    कार्यालयको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशको ६ सय ७७ वडामा बाँदर आतङ्क देखिएको छ । यस्तै, गण्डकी प्रदेशको ५ सय ६८, लुम्बिनी प्रदेशको ५ सय ३३, कर्णाली प्रदेशको ५ सय ३ र मधेश प्रदेशको २ सय ५४ वडामा बाँदर आतङ्क देखिएको छ ।

    बँदेलले सुदूरपश्चिम र मधेश प्रदेशमा धेरै नोक्सानी गरिरहेको पाइएको छ । यी प्रदेशमा क्रमशः ५ सय ७९ र ५ सय ३७ वडामा बँदेल आतङ्क छ । लुम्बिनीका ४ सय ५८, कर्णाली २ सय ४६ र गण्डकीका ८१ वडामा बँदेल आतङ्क रहेको तथ्याङ्कले देखाएको छ ।

    यता, हात्तीले मधेश प्रदेशमा १ सय ४३ वडामा हात्तीले क्षति गरिरहेको छ । सुदूरपश्चिममा ९४, लुम्बिनी ३२, कर्णाली २६ र गण्डकीका १७ वडामा हात्ती आतङ्क रहेको तथ्याङ्कमा छ ।

    त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्यालले बढी क्षति गरिरहेको छ । यी प्रदेशमा क्रमः ४ सय ५८ र ४ सय ४६ वडामा क्षति गरेको छ ।

    लुम्बिनी ३ सय २७, गण्डकी २ सय ९६ र मधेशका २ सय ९ वडाले स्यालको आतङ्क भोगिरहेका छन् । त्यसबाहेक बाघ र चितुवाबाट सबैभन्दा धेरै गण्डकी प्रदेशका किसान प्रभावित छन् ।

    यी प्रदेशका ४ सय २ वडामा यो जनावरले धेरै क्षति गरेको छ । सुदूरपश्चिम २ सय ७८, लुम्बिनी २ सय १६ र मधेशका २४ वडामा बाघ आतङ्क देखिएको छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार