images
images

सिटिजन्स बैङ्कद्वारा सडक आश्रित व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था, स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सञ्चालन

सिटिजन्स बैङ्कद्वारा सडक आश्रित व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था, स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सञ्चालन

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • सिटिजन्स बैङ्कद्वारा सडक आश्रित व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था, स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सञ्चालन
    images
    images

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौँ बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ बसेका व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था गरेको छ ।

    बिगत सत्र वर्षदेखि आम नेपाली सर्वसाधरण ग्राहकवर्गहरूको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सो बैङ्कले चैत्र २०, २०८० देखि वैशाख ६, २०८१ सम्म १७ दिन करिव १७०० व्यक्तिहरूलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । 

    बैङ्कले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैङ्कले भोजन वितरण गरेको हो । 

    सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । 

    साथै बैङ्कले आफ्नो १७औं वार्षिकोत्सव को उपलक्ष्यमा आज वैशाख ०६ गते कोशि प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशूल्क वितरण गरेको छ । 

    साथै, आजै कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट  बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् । 

    हरेक वर्ष बैङ्कले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैङ्कले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदानगर्दै आएको छ ।

    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार