images
images

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • images
    images
    ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम AML- CFT प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । 

    images
    images

    नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धिकरण निवारण दिवसको रूपमा मनाउन घोषणा गरे अनुरुप बैंकले सो दिवस मनाएको हो ।

    बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले  प्रधान कार्यालय, काठमाडौँमा सम्पूर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए ।

    उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो । 

    सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले समेत आआफ्ना कार्यालयहरूमा प्रतिज्ञा लिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार