images
images

एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो

एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • एनएमबि बैंकको सेवा रुकुमको आठविसकोटमा विस्तार, शाखा सङ्ख्या २०२ पुग्यो
    images
    images

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । सोमबार आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रूपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् ।  

    सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।  

    आठविसकोट शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

    आठविसकोट शाखासहित, एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८६ एटिएमहरू र १० एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार