images
images

गण्डकीमा मन्त्री हरिबहादुर चुमानलाई आर्थिक र दिपक मनाङ्गेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

गण्डकीमा मन्त्री हरिबहादुर चुमानलाई आर्थिक र दिपक मनाङ्गेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • गण्डकीमा मन्त्री हरिबहादुर चुमानलाई आर्थिक र दिपक मनाङ्गेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

    कास्की / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङ (दिपक मनाङ्गे)लाई आज जिम्मेवारी तोकेका हुन् । 

    images
    images

    नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

    मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

    बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेका छन् । 

    गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार