इलाम / प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता कायम राखेका हुन् ।
सुहाङ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काबिच ३ हजार ५९ मतान्तर रहेको छ ।
खड्काले पछिल्लो मत परिणामअनुसार ६ हजार ९४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् ।
रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् ।