चर्चित समाचार
  • तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफको नाफा ३८.७५ प्रतिशतले बढ्यो,  खुद बीमाशुल्क आर्जन कति ?

    तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफको नाफा ३८.७५ प्रतिशतले बढ्यो,  खुद बीमाशुल्क आर्जन कति ?

    शुक्रवार, बैशाख २८ २०८१
    शुक्रवार, बैशाख २८ २०८१
  • तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफको नाफा ३८.७५ प्रतिशतले बढ्यो,  खुद बीमाशुल्क आर्जन कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको तुलनामा ३८.७५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९९.५३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यस्तै, कम्पनीले यस अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०२.८४ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०।२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ४१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५० करोड २७ लाख रुपैयाँ थियो।

    शेयर पुँजी ४ अर्ब २९ करोड रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.२३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.९२ रुपैयाँ थियो। पीई रेसियो ६१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३५ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार