चर्चित समाचार
  • एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौँ / एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलमा अब निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानमार्फत देशको दुरदराजमा बसोबास गर्ने नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मूख्य उद्देश्यले एनआईसी एशिया बैङ्क र एनआईसी एशिया क्यापिटलले उक्त योजना ल्याएको हो । 

    एनआईसी एशिया क्यापिटल, क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एन आई सी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरूबाट जेठ १ गते देखि असार मसान्तसम्म निःशुल्क रूपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट प्राप्त गर्न सकिनेछ । 

    एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी एनआईसी एशिया बैङ्कको सम्पूर्ण शाखा कार्यालयहरूबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

    क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरूलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाइनमा होइन अनलाइन’मा भन्ने नारासहित क्यापिटलको अधिकांश सेवाहरू अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । क्यापिटलको वेभसाइटमार्फत सहजै निःशुल्क रूपमा डिम्याट खाता खोल्न सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार