चर्चित समाचार
  • शुक्लाफाँटा नगरपालिकाद्वारा किसानलाई १३० क्विन्टल उन्नत जातको बीउ वितरण

    शुक्लाफाँटा नगरपालिकाद्वारा किसानलाई १३० क्विन्टल उन्नत जातको बीउ वितरण

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • शुक्लाफाँटा नगरपालिकाद्वारा किसानलाई १३० क्विन्टल उन्नत जातको बीउ वितरण

    कञ्चनपुर / उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो । 

    नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए । 

    “किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख बुढाऐरले भने, “चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ ।”

    उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार