काठमाडौँ–तराई फास्ट ट्र्याक : धेद्रे सुरुङमार्ग छिचोलियो, हालसम्म कति प्रतिशत काम सकियो ?

काठमाडौँ–तराई फास्ट ट्र्याक : धेद्रे सुरुङमार्ग छिचोलियो, हालसम्म कति प्रतिशत काम सकियो ?

शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • images
    images
    काठमाडौँ–तराई फास्ट ट्र्याक  : धेद्रे सुरुङमार्ग छिचोलियो, हालसम्म कति प्रतिशत काम सकियो ?

    काठमाडौँ / काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग ब्रेक थ्रु गरिएको छ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले हिजो दिउँसो २ बजे स्विच थिचि ब्लास्टिङ गरेर उक्त सुरुङमार्ग ब्रेक थ्रु गरेका हुन्।  

    images
    images

    काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको उक्त सुरुङमार्ग मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हो।

    यसअघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको ब्रेक थ्रु गरिएको थियो । 

    News.jpg

    रक्षामन्त्री उप्रेतीले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन् । हालसम्म निर्माणको ३३ प्रतिशत काम सकिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । Dhedre surung.jpg

    सो अवसरमा रक्षामन्त्री उप्रेतीले द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौँलाई मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणमा निर्माण गर्ने र कृषि, व्यापार व्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने जिकिर गरे । 

    Surung marga.jpg

    साथै उनले आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौँसम्म भोग्नुपरेका दुःख व्यथालाई आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार