चर्चित समाचार
  • बुटवल पावर कम्पनी मूल्यबृद्धि गर्दै जनताको ढाड सेक्दै !, आयोजना प्रभावित क्षेत्रका जनता नेता गुहार्दै काठमाडौँसम्म

    बुटवल पावर कम्पनी मूल्यबृद्धि गर्दै जनताको ढाड सेक्दै !, आयोजना प्रभावित क्षेत्रका जनता नेता गुहार्दै काठमाडौँसम्म

    सोमवार, जेठ १४ २०८१
    सोमवार, जेठ १४ २०८१
  • बुटवल पावर कम्पनी मूल्यबृद्धि गर्दै जनताको ढाड सेक्दै !, आयोजना प्रभावित क्षेत्रका जनता नेता गुहार्दै काठमाडौँसम्म

    काठमाडौं/  बुटवल पावर कम्पनी (बीपीसीएल) ले पछिल्लो समय कसैसँग पनि समन्वय र छलफल नगरी महशुल बढाएकोमा उपभोक्ताहरु आन्दोलित छन् । 

    स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा उत्पादन केन्द्र रहेको उक्त कम्पनीले महशुल बढाउँदा स्थानीय उपभोक्ताहरुले संयुक्त संघर्ष समिति नै बनाएर काठमाडौं आइपुगेका छन् । 

    आज (सोमबार) संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी बुटवल पावर कम्पनी आयोजना प्रभावित क्षेत्रका जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धि विरुद्ध सशक्त संघर्षमा उत्रिएको बताएका हुन् । आन्दोलनरत समुहले आफ्नो क्षेत्रका सांसदहरुलाई गुहारेर आन्दोलनमा समर्थन गर्दै मूल्यबृद्धि फिर्ता गराउन लगाएका छन् ।

    बीपीसीएलले सामाजिक उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको आन्दोलनरत पक्षले आरोप लगाएको छ । आयोजना प्रभावित क्षेत्र पाल्पा र स्याङ्जाका विभिन्न स्थानीय तहहरु रहेका छन् । 

    संयुक्त संघर्ष समितिका अध्यक्ष श्यामप्रसाद बस्याल यस्तो भन्छन् : 

    बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई महशुल बृद्धि गरेको गरेको छ । विद्युत महशुल बृद्धि ४५ देखि ६५ प्रतिशतसम्म रहेकोमा उपभोक्ताहरुको ढाड सेकिने गरी मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि फिर्ता हुनुपर्ने र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेछ । अहिले २० देखि ५० यनिटसम्म जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिनुपर्छ भनेर विद्युत प्राधिकरणले भनिरहेको अवस्थामा उल्टो बुटबल पावर कम्पनीले ढाड सेक्ने काम गरेको छ । 

    ५ एम्पियरको १० युनिट विद्युत खपत गर्ने उपभोक्ताले विद्युत प्राधिकरणलाई ३० रुपैयाँ तिर्ने गरेको छ । कम्पनीले भने अत्याधिक मूल्य वृद्धि गरेको स्वीकार्य छैन । 


    नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले यस्तो भनेः 

     बुटवल पावर कम्पनीले अस्वभाविक रुपमा मूल्यवृद्धि गरेर आयोजना प्रभावित क्षेत्रका जनतालाईमाथि कुठराघात गरेको छ । आकस्मिक ढंगबाट थाहै नदिई ४३ प्रतिशत मूल्यवृद्धि गरेको छ । 
    चापाकोट, गल्याङ, रम्भा, रामपुर र भीरकोटका जनताले बीपीसीएल निर्माण हुँदा श्रमदानदेखि मुअब्जासम्म नलिइ सहकार्य गरेको थियो । जनताले गरेको सहकार्य भुलेर एकाङ्की ढंगबाट मूल्यवृद्धि गरेको र आफूहरुलाई कुनै ढंगले स्वीकार छैन । मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने छौं । नाफा कमाउने नाममा त्यहाँका जनताले गरेको सहकार्य भुल्नुहुँदैन । मूल्यवृद्धिलाई ठग प्रवृत्तिको संज्ञा हो । 

    नेकपा (एमाले) का नेता एवं पाल्पा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य भन्छन्ः 

    बीपीसीएलले स्वैच्छिक ढंगले मूल्यवृद्धि गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्य गरेको छैन । विद्युत नियमन आयोगले बीपीसीएलको प्रभावमा परेर मूल्यवृद्धिको स्वीकृति दिएको छ । आयोगको निर्णय नै खेदजनक छ । जनप्रतिनिधिहरुसँग कुनै छलफल नै नगरी भएको स्वैच्छाचारी निर्णय लागू हुन दिदैनौं । 

    अधिवक्ता अर्जुन कुमार अर्यालको भनाई

    कम्पनीको उद्देश्यमाथि नै प्रश्न उठाए । आफूले कम्पनीको वेवसाइडमा कम्पनीको उद्देश्य खोज्दा १७ प्रतिशत नाफा गर्नैपर्ने उल्लेख रहेछ । यो मुलुकका ठूला–ठूला साहुजीहरु यो कम्पनीको मालिक रहेछन् । कम्पनीको उद्देश्य रहेछ १७ प्रतिशत नाफा गर्नुपर्ने । 
    विद्युत प्राधिकरणको भन्दा महँगो शुल्क लिएर रूखको हाँगा–हाँगामा तार लगेको छ । 
    उपाभोक्ताहरुको ज्यान, धन जोखिममा राखेर बीपीसीएलले नाफा कमाइरहेको उनले बताए । ४३ प्रतिशत मूल्य वृद्धि कानुनी रुपमा पनि गलत छट । 

    स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष ईन्द्रबहादुर रिजाल भन्छन् : 

    आयोजना प्रभावित जनताको ढाड सेक्नेगरी भएको मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य छैन । जनतालाई आतङ्कित पार्ने काम बुटवल पावरले गरेको छ । जतिसक्दो चाँडो मूल्यवृद्धि फिर्ता हुनुपर्नेछ । 

    नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डे भन्छन् :

    बुटवल पावर कम्पनीले आफ्नो प्रगति दैनिक बढाउँदै लगेको अवस्थामा आयोजना प्रभावित जनताको अवस्था जस्ताकोतस्तै रहेको छ । कम्पनीले धेरैभन्दा धेरै मुनाफा कमाइरहेको अवस्थामा जनताको मागप्रति बेखबरकिन ? 

    नेकपा (माओवादी केन्द्र) निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रितम गैरे भन्छन्ः 
    आफूहरु  मूल्यवृद्धिको विरुद्धमा छौँ । बीपीसीएलले आयोजना प्रभावित क्षेत्रका जनतासँग विगतमा गरेको सहमति र सम्झौता कार्यान्वयन गरेको छैन ।  

    त्यसैगरी वक्ताहरु पत्रकार प्रकाश डुम्रे, शंकर गौतम, भुपराज  बस्यालले बीपीसीएलले गरेको मूल्यवृद्धि तत्तकाल फिर्ता हुनुपर्ने बताए । आफूहरुलाई मूल्यवृद्धि कुनैपनि हालतमा स्वीकार्य नरहेको बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार