चर्चित समाचार
  • आगामी आर्थिक वर्षका २०८१/८२ को लागि बजेट कस्तो छ ? [पूर्णपाठसहित]

    आगामी आर्थिक वर्षका २०८१/८२ को लागि बजेट कस्तो छ ? [पूर्णपाठसहित]

    कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन

    मंगलवार, जेठ १५ २०८१
    मंगलवार, जेठ १५ २०८१
  • आगामी आर्थिक वर्षका  २०८१/८२  को लागि बजेट कस्तो छ ? [पूर्णपाठसहित]

    काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ । 

    यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ । 

    यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात १९.४७ प्रतिशत विनियोजन गरेको छ । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।

    कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ ।

    आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ ।

    सो न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड, राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ । 

    पूर्णपाठ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार