images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने

मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने

शनिवार, चैत १६ २०८१
शनिवार, चैत १६ २०८१
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाही हुने
    images
    images

    काठमाडौँ / सरकारले शुक्रबार काठमाडौँका तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ ।

    शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौँ असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो ।

    ‘पूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा नीजि, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संंचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।

    उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको  पनि उनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन् । 

    शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

    काठमाडौँको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार