images
images

पर्यटनमन्त्रीद्वारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई स्वागत, दैनिक दुई उडान सुरु

पर्यटनमन्त्रीद्वारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई स्वागत, दैनिक दुई उडान सुरु

आइतवार, जेठ २० २०८१
आइतवार, जेठ २० २०८१
  • पर्यटनमन्त्रीद्वारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई स्वागत, दैनिक दुई उडान सुरु

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

    शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनीको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौँ उडानको आधिकारिक थप उडानको क्याबिन क्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

    मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यावसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारिता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री तामाङ र चाइना साउर्दन एयरलाइन्सको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौँ उडानको आधिकारिक थप उडानको  क्याविन क्रुहरूलाई विमानस्थलमा स्वागत गरेका हुन् । 

    मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन एयरलाइन्सको व्यवसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारीता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । 

    चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा आफ्नो उडान थपेको छ । हाल ग्वान्जाओबाट काठमाडौँ गन्तव्यमा हरेक दिन एउटा उडान गरिरहेको साउदर्न एयरलाइन्सले आजदेखि दिनमा दुई वटा उडान सुरु गरेको हो ।

    विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार चाइना साउदर्न एयरलाइन्सको जहाज दिउँसो काठमाडौँ विमानस्थलमा अवतरण भई यहाँबाट यात्रुलिएर ग्वान्जाओ उडेको छ । उक्त एयरलाइन्सले कोभिड –१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएकोमा महामारीका कारण एक उडान कटौती गरेको थियो । 

    कटौति भएको उडान आजदेखि पुनः सुचारु गरेको हो । ग्वान्जाओबाट काठमाडौँ दिउँसो २ बजे अवतरण हुने जहाज काठमाडौँबाट ३ बजे ग्वान्जाओका लागि उडान भर्नेछ । त्यस्तै राति ११ बजे काठमाडौँ आएर १२ बजे ग्वाञ्जाओ फर्किने उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

    योसहित चीनका चार एयरलाइन्सले काठमाडौँ गन्तव्यमा उडान गर्दै आएका छन् । एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इन्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्छन् । चीनबाट उडान बढेसँगै चिनियाँ पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।

    नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पनि कोरोना महामारी अघि ग्वान्जाओ उडानको तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

    नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दोस्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

    चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय २ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ ।

    गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

    सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । 

    मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार