चर्चित समाचार
  • नेपाल लाइफले असार १८ गते बोलायो दुई आवको बार्षिक साधारण सभा, के–के छन् प्रस्ताव ?

    नेपाल लाइफले असार १८ गते बोलायो दुई आवको बार्षिक साधारण सभा, के–के छन् प्रस्ताव ?

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • नेपाल लाइफले असार १८ गते बोलायो दुई आवको बार्षिक साधारण सभा, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको बार्षिम साधारण सभा असार १८ गते गर्ने निर्णय गरेको छ । 

    कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले २३ औं र २४ ओं वार्षिक साधारण सभा असार १८ गते मंगलबारका दिन गर्ने निर्णय गरेको हो । बैठक मंगलबारको दिन वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना गर्ने कम्पनीले जनाएको छ । 

    उक्त सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१।०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

    साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।  

    कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

    यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

    सभामा आव २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप समेत पारित हुनेछ ।  

    लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार