प्रभु बैङ्कको नयाँ शाखा बझाङ्गको चैनपुरमा, शाखा सङ्ख्या ३०४ पुग्यो

प्रभु बैङ्कको नयाँ शाखा बझाङ्गको चैनपुरमा, शाखा सङ्ख्या ३०४ पुग्यो

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    प्रभु बैङ्कको नयाँ शाखा बझाङ्गको चैनपुरमा, शाखा सङ्ख्या ३०४ पुग्यो

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (शुक्रबार) देखि बझाङ्गको चैनपुरमा थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले बझाङ्गको जयपृथ्वी नगरपालिका,वडा नं.१० चैनपुरमा ३०४ औँ शाखा विस्तार गरी सेवा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    बैङ्कले व्यवसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैङ्कको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

    बैङ्कको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैङ्कले विश्वास लिएको छ ।

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०४ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । 

    साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार