मेड इन नेपाल  ‘हुन्डाइ भेन्यु’को बिक्री वितरण सुरु, मूल्य कति ?

मेड इन नेपाल  ‘हुन्डाइ भेन्यु’को बिक्री वितरण सुरु, मूल्य कति ?

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • images
    images
    मेड इन नेपाल  ‘हुन्डाइ भेन्यु’को बिक्री वितरण सुरु, मूल्य कति ?

    काठमाडौँ / नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसीबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ । 

    images
    images

    लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाइ मोटर कम्पनी कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । 

    Hundai mede in nepal.jpg

    प्रथम चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरू भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रेट १० एनआइओएसका साथै अल–न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु हुने बताइएको छ । 

    हाल बिक्री वितरण सुरु भएको ११९७ सिसि क्षमताको भेन्यु एफएल १.२ एस मोडलको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यसतै, ११९७ सिसि क्षमताकै भेन्यु एफएल १.२ एसएक्स मोडललाई ५३ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यी दुबै मोडलमा फ्युल पेट्रोल लाग्ने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार