सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चुच्चेपाटी, काठमाडौं स्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्था लिबीच सम्झौता भएको छ । 

    images
    images

    सिटिजन्स बैंक र स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा स्वास्थ सेवा सहकारी संस्थामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । 

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार