images
images

हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ । 

    बैंकले एफपिओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । 

    आज एक समारोहबीच हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएका हो । 

    उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार