बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • images
    images
    बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।  

    कामपाले आव २०८०/८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ ।  

    विभागका प्रमुख धुव्र काफ्लेका अनुसार विगत वर्षमा जस्तै आमामी आवमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सेवा प्रवाहको क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ । 

    कामपाले आगामी आवका लागि गत जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । कामपाले चालु आवको  ११ महिनामा रु आठ अर्ब ५५ करोड पाँच लाख ३२ हजार सात सय राजस्व सङ्कलन गरेको छ ।  

    अघिल्लो आवको सोही अवधिमा कामपाले रु आठ अर्ब नौ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको थियो । कामपाले चालु आवमा गत वर्षभन्दा रु ४५ करोड ६७ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको काफ्लेले जानकारी दिए । 

    प्रमुख काफ्लेका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रु १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । 

    चालु आवको साउनदेखि वैशाखसम्ममा ३३ हजार एक सय ५६ नयाँ करदाता बढेको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवदेखि कामपाले ३२ वटै वडाको प्रतिनिधिसहित स्थलगत अनुगमन गरिरहेकाले राजस्व सङ्कलनमा सहज भएको बताइएको छ ।    

    कामपाले चालु आवको पुस मसान्तसम्म करदातालाई बक्यौतामा लाग्ने करमा र महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई २५ देखि ४० प्रतिशतसम्म छुट दिएकाले करदाता बढेको जनाएको छ । 

    सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व सङ्कलन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार