कोशीमा २३.७ प्रतिशतले बढ्यो काठ उत्पादन, यस्तो छ उत्पादनको जिल्लागत अवस्था

कोशीमा २३.७ प्रतिशतले बढ्यो काठ उत्पादन, यस्तो छ उत्पादनको जिल्लागत अवस्था

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • images
    images
    कोशीमा २३.७ प्रतिशतले बढ्यो काठ उत्पादन, यस्तो छ उत्पादनको जिल्लागत अवस्था

    काठमाडौँ / गत आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक बर्ष २०८०/८१ को समीक्षा अवधिमा कोशी प्रदेशमा काठ उत्पादन २३.७ प्रतिशतले वृद्धि भएको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ को अनुसार चालु आर्थिक बर्षको अर्थात २०८० पुष मसान्त्सम्ममा काठ उत्पादन २३.७ प्रतिशतले  बढेको देखिएको हो । 

    समीक्षा अवधिमा दाउरा उत्पादन २.७ प्रतिशतले घटेको छ भने औषधिजन्य जडीबुटी उत्पादन ६०.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा काठ र दाउराको उत्पादन क्रमशः ३३.९ प्रतिशत र ४५.३ प्रतिशतले वृद्धि भएको थियो भने औषधिजन्य जडीबुटी उत्पादन १९ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा कोशी प्रदेशका विभिन्न पहाडी जिल्लाहरुमा सडकको विस्तार हुनु, स्थानीय निकायले ठुला दश चक्के सवारीलाई काठ ढुवानीको लागि अनुमति दिनु, बजारमा काठको र अर्गेली, धसिगंरे, चिराइतो जस्ता औषधिजन्य उत्पादनको मागमा आएको वृद्धिका कारणले काठ तथा औषधिजन्य बस्तुको उत्पादन बढेको देखिन्छ ।

    कोशी प्रदेशमा काठ उत्पादनको जिल्लागत अवस्था 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार