images
images

बैंक तथा वित्तीय संस्थाहरुको सम्पत्ति ८७ खर्बमाथि

बैंक तथा वित्तीय संस्थाहरुको सम्पत्ति ८७ खर्बमाथि

वैदेशिक सम्पत्ति कति बढ्यो ?

सोमवार, असार १० २०८१
सोमवार, असार १० २०८१
  • बैंक तथा वित्तीय संस्थाहरुको सम्पत्ति ८७ खर्बमाथि

    काठमाडौँ / नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बमाथि पुगेको छ ।

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

    जसमा वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब ९ करोड पुगेको हो । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्क हो । 

    यसैगरी आन्तरिकतर्फ वित्तीय क्षेत्रको दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा २०८० असोज मसान्तसम्ममा ०.५ प्रतिशतले वृद्धि भई ६८ खर्ब ७४ अर्ब ४३ करोड पुगेको र २०८० पुस मसान्तमा थप १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ।

    सरकारमाथिको खुद दाबी घट्यो

    नेपाल सरकारमाथिको खुद दाबी भने केही घट्न पुगेको छ । २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ सरकारमाथिको दाबी रहेकोमा ४.६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँमा झरेको र २०८० पुस मसान्तमा थप ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोडमा झरेको केन्द्रीय बैंकले जनाएको छ ।

    यसैगरी वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थामाथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६.४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०८० पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

    वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी भने बढ्यो 

    वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी भने बढेको केन्द्रिय बैंकले जनाएको छ । २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रुपैयाँ वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दावी रहेकोमा १.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोडरुपेयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

    करिब ३ खर्बले बढ्यो वैदेशिक सम्पत्ति

    देशको कुल वैदेशिक सम्पत्ति ६ महिनामै करिब ३ खर्ब रुपैयाँले बेढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति २०८० पुस मसान्तमा १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । 

    केन्द्रीय बैंकको अनुसार २०८० असार मसान्तमा १४ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ रहेको वैदेशिक सम्पत्ति ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको र २०८० पुस मसान्तमा थप १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । 

    यसैगरी अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १० अर्ब ५० करोडले ऋणात्मक रहेकोमा २०८० असोज मसान्तमा १७ अर्ब ८ करोडले ऋणात्मक रहेको छ भने २०८० पुस मसान्तमा १ अर्ब ३१ करोडले ऋणात्मक रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार