images
images

स्प्यारो एसमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, यसरी सजिलै हेर्न सकिन्छ एसइईको नतिजा

स्प्यारो एसमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, यसरी सजिलै हेर्न सकिन्छ एसइईको नतिजा

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • स्प्यारो एसमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता, यसरी सजिलै हेर्न सकिन्छ एसइईको नतिजा

    काठमाडौँ / स्प्यारो एसमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सम्झौता भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईका विद्यार्थीहरूलाई नतिजा हेर्नको लागि एसएमसएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको हो । 

    images
    images
    images
    images

    जसअनुसार यो सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ।कम्पनीले यो साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको भन्दै विद्यार्थीहरू र परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्ने बताएको छ  ।

    एसएमएसमा आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाएको पनि उसले बताएको  छ।

    SEE (SLC) को नतिजा २०८०-२०८१ SMS मार्फत कसरी हेर्ने ?

    – आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्
    – नयाँ सन्देश लेख्नुहोस्
    – टाइप गर्नुहोस् SEE <space> तपाईंको सिम्बोल नम्बर
    35001मा SMS पठाउनुहोस्

    “मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो SMS-आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको SEE नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।” - प्रमुख कार्यकारी अधिकृत, मनोज थापा

    Sparrow SMS नेपालकै प्रमुख SMS सेवा प्रदायक हो, जसले BULK SMS, API Integration, र महत्वपूर्ण जानकारी प्रसारण सहित विभिन्न सेवाहरू प्रदान गर्दछ। कनेक्टिविटी र जानकारीमा पहुँच सुधार गर्न प्रतिबद्ध, Sparrow SMSले विभिन्न संस्थाहरूलाई सेवा दिदैं आईरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार