images
images

काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले पहल गर्ने

काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले पहल गर्ने

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि नाट्टाले पहल गर्ने

    काठमाडौँ / नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ ।

    images
    images
    images
    images

    टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आज नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल थाल्ने बताएका हुन् । 

    “पर्यटक बसलाई पशुपति क्षेत्रबाट सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग छलफल भइरहेको छ, एक दुई महिनाभित्रै पर्यटक बसपार्कको समस्या समाधान हुने विश्वास लिएका छौँ”, अध्यक्ष थपलियाले भने ।

    पछिल्लो समय पर्यटक बसको टिकटका लागि प्रविधिको प्रयोगलाई अगाडि बढाएको भन्दै अध्यक्ष थपलियाले टिवानलाई धन्यवाद दिँदै उहाँले विपत्तिको समयमा पर्यटन क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि विपद् कोष खडा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । 

    टिवानका अध्यक्ष कृष्ण आचार्यले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन बसलाई अगाडि बढाउन टिवान र नाट्टा हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । 

    पर्यटक बसलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सबै लाग्नुपर्ने उनको भनाई थियो ।

    कार्यक्रममा नाट्टाको ५७ औँ साधारणसभा तथा २४ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार