लक्ष्मी सन्‌राइज बैंकको ललितपुरमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकको ललितपुरमा सेवा विस्तार

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • images
    images
    लक्ष्मी सन्‌राइज बैंकको ललितपुरमा सेवा विस्तार

    काठमाडौँ / लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

    काठमाडौँ महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

    स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । 

    स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ ।

    हाल लक्ष्मी सन्‌राइज बैंकका ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार