११ महिनामा २० अर्बको धान–चामल आयात

११ महिनामा २० अर्बको धान–चामल आयात

शुक्रवार, असार १४ २०८१
शुक्रवार, असार १४ २०८१
  • images
    images
    ११ महिनामा २० अर्बको धान–चामल आयात

    काठमाडौँ / नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।

    कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँ बराबरको ३० करोड ५३ लाख १० हजार ५२० केजी धान आयात गरेको छ ।

    यसैगरी सो अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल अर्थात् ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको चामल आयात गरेको छ ।

    मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार