प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

    काठमाडौँ / प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । 

    सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
           
    विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 

    त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार