आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैन : अर्थमन्त्री पुन

आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैन : अर्थमन्त्री पुन

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैन : अर्थमन्त्री पुन

    काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक,२०८१मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना नभएको बताएका छन् । 

    आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक,२०८१ छलफल बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । 

    उनले आर्थिक विधेयक,२०८१ मार्फत आयकर ऐन,२०५८ को दफा ५७ मा गरिएको व्यवस्थाले कम्पनीको लगानी वृद्धि र नयाँ साझेदार थपगर्दा कर छुटको व्यवस्थाले लगानीलाई प्रोत्साहन गर्ने बताए । 

    उनले कम्पनीले नयाँ शेयर होल्डरमार्फत पुँजीवृद्धि गर्ने प्रक्रियालाई मात्रै सहुलियत दिन खोजिएको बताए । उनले संशोधन विधेयकमा कम्पनीको शेयरको खरिद बिक्रीलाई सहुलियत अर्थात कर छुट नदिएको बताए । 

    उनले नयाँ साझेदार र पुँजीवृद्धिलाई मात्रै छु्ट दिने व्यवस्थाले स्टार्टपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा रहेको बताए । 

    अर्थमन्त्री पुनले विधेयक संशोधनमा शेयरवाला र पुँजी यथावत रहने बताए । उनले कम्पनीको पहिलाको अवस्थालाई कायम राखी नयाँ पुँजी वृद्धि मात्रै गरेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार