images
images

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सडकको ‘ट्रयाक’ नै बगाएपछि कालीगण्डकी करिडोर सञ्चालनमा समस्या

मध्यपहाडी लोकमार्ग अवरुद्ध, सडकको ‘ट्रयाक’ नै बगाएपछि कालीगण्डकी करिडोर सञ्चालनमा समस्या

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • मध्यपहाडी लोकमार्ग अवरुद्ध, सडकको ‘ट्रयाक’ नै बगाएपछि कालीगण्डकी करिडोर सञ्चालनमा समस्या

    बलेवा (बागलुङ) / मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

    गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

    भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

    उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए। लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

    राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिराका कारण चार दिनयता सवारी आवागमन रोकिएका छैनन् । 

    सडकको ‘ट्रयाक’ नै पहिराले बगाएका करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको हो । 

    जिल्लमा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार