images
images

राष्ट्र बैंकको तथ्याङ्क : ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

राष्ट्र बैंकको तथ्याङ्क : ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क : ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

    काठमाडौँ / चालु आर्थिक बर्षको ११ महिनासम्ममा १३ खर्ब २७ अर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स १९.३ प्रतिशतले बृद्धि भएको हो । 

    घिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

    जेठ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

    यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार