images
images

गोलभेँडा केजीको १२०, मुडेको आलु ५४, भिण्डी  १२०, च्याउ २५० रुपैयाँ, कालीमाटीमा कुन तरकारीको भाउ कति ?

गोलभेँडा केजीको १२०, मुडेको आलु ५४, भिण्डी  १२०, च्याउ २५० रुपैयाँ, कालीमाटीमा कुन तरकारीको भाउ कति ?

बिहिवार, असार २७ २०८१
बिहिवार, असार २७ २०८१
  • गोलभेँडा केजीको १२०, मुडेको आलु ५४, भिण्डी  १२०, च्याउ २५० रुपैयाँ, कालीमाटीमा कुन तरकारीको भाउ कति ?

    काठमाडौ/  कालीमाटी तरकारी बजारमा आज बिहिबार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी न्युनतम ११० रुपैयाँ रहेको छ । यस्तै बढिमा  १२० रुपैयाँ रहेको छ ।

     

    केही दिन देखि गोलभेँडाको मूल्य बढेको छ । गोलभेडा सानो (लोकल) ४० रुपैयाँ रह टनेलको ६० रुपैयाँ रहेको छ । आलु रातो केजीको  बढिमा ६६ रुपैयाँसम्म पर्दछ भने, भारतीय रातो आलु भने ५९ रुपैयाँ तोकेको छ ।  तर, मुडेको आलु किन्दै हुनुहुन्छ भने ५४ रुपैयाँ सरदर पर्दछ । 

    यस्तैगरी प्याज सुकेको (भारतीय) ९० रुपैयाँ रहेको छ ।  लेकल बन्दा ४०  रुपैयाँ, काउली स्थानिय ९०, ज्यापु काउली ११० रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रत्येक दिन कालीमाटी बजारमा तरकारी तथा फलफूलको मूल्य विवरण संकलन गर्दछ र बजार मूल्य सार्वजनिक गर्दछ ।

    खुद्रा बजारमा यसको मूल्यमा केही हेरफेर हुन सक्छ । भन्टा  लाम्चो ७० देखि ८० रुपैयाँसम्म पर्दछ । डल्लो भने१०० रुपैयाँसम्म पर्दछ ।  


     यस्तैगरी तितो करेला १२० रुपैयाँ केजीको सम्म पर्न गएको छ ।  लौका १०० रुपैयाँसम्म पाइन्छ ।  
    भिण्डी  १२० रुपैयाँ, च्याउ (कन्य) २५०, डल्ले४५० रुपैयाँ सम्म रहेको जनाएको छ ।  ब्रोकाउली  सरदर १२० रुपैयाँ, चुकुन्दर, ७०, रातो बन्दा ६०, तामा १५०, गुन्दुक ३०० रुपैयाँ केजी रहेको छ । अन्य तरकारी तथा फलफूलको पुरा विवरण यस्तो छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार