images
images

५२.९७ अङ्कले बढेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

५२.९७ अङ्कले बढेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • ५२.९७ अङ्कले बढेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनी कुन–कुन ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ । नेप्से २.४० प्रतिशतले बढेर २ हजार २५७.५९ विन्दुमा बन्द भएको छ । 

    आज परिसुचक संगै कारोबार रकम पनि बढेको छ । बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५४ करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ३०९ वटा धितोपत्रको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको हो। आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक ३.३० प्रतिशतले बढेको छ।

    यी कम्पनीका लगानीकताृले कमाए सार्वधिक

    रिडी पावर, माण्डु हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, नेशनल हाइड्रोपावरको मूल्य सर्किट लेभलमा बढेको छ ।

    रिडी पावर र माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः १८३ रूपैयाँ ७० पैसा र एक हजार ३५७ रूपैयाँ ४० पैसा कायम भएको छ ।

    यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४६ रूपैयाँ १० पैसा कायम भएको छ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए समर्वधिक

    १०.१५५ प्राइम डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक ४.१२ प्रतिशतले घटेको छ। उक्त डिबेञ्चरको मूल्य एक हजार ४५ रूपैयाँ १० पैसा कायम भएको छ।

    यस्तै, बलेफी हाइड्रोपावको मूल्य ३.६८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०६ रूपैयाँ कायम भएको छ।  

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार