images
images

तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत, कति भयो राजस्व सङ्कलन ?

तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत, कति भयो राजस्व सङ्कलन ?

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत, कति भयो राजस्व सङ्कलन ?

    जुम्ला / यहाँको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ ।

    गाउँपालिकाले सो आवमा रु ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

    विनियोजित बजेटको चालुतर्फ रु ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १८ करोड १९ लाख बजेटमध्ये रु १२ करोड ८५ लाख अर्थात् ७० दशमलव ६६ प्रतिशत खर्च भएको हो । पालिकाले रु २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

    अघिल्लो आवमा पालिकाले ७८ दशमलव १० प्रतिशत बजेट खर्च गरेको थियो । गत आवमा तीन प्रतिशतले बजेट खर्च बढेको हो । पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६  दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पूर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

    सङ्घ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शत प्रतिशत छ । पालिकाका आठै वडामा सञ्चालित ७० भन्दा बढी योजना पूर्णरुपमा सम्पन्न भएका छन् । ठेक्कामार्फत सङ्घ र प्रदेशको लगानीमा सात वटा आयोजना निर्माण भएका छन् ।

    प्रभावकारी श्रमदान अभियान, एक हजार दुई सय बढी अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमूना काम गरेको पालिकाले जनाएको छ ।

    ट्राफिक कारबाहीबाट २२ लाख राजस्व सङ्कलन 
        
    जिल्ला ट्राफिक कार्यालयले गत आवको जेठ महिनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरुबाट रु २२ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई सय ४९ सवारी चालक कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । 

    मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएकालगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको प्रनाउ कामतीको भनाइ छ ।  

    जिप्रकाले गरेका गतिविधि विवरण सार्वजनिक गर्दै प्रनाउ कामतीले एक सय २५ वटा मुद्दा दर्ता भएकामध्ये ७५ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिए ।  गत आवमा फरार प्रतिवादी ४४ जनालाई पक्राउ गरिएको उनले बताए । 

    प्रहरीको महिला सेलतर्फ निवेदन दर्ता सङ्ख्या ८१ मध्ये ५७ वटा फर्छ्यौट भएका छन् । एक सय ३८ हराएका मानिसमध्ये एक सय चार जना फेला परेका छन् । छानबिनका लागि छ सय ६२ निवेदन दर्ता भएकोमा पाँच सय ५८ उजुरी फर्छ्यौट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले एकवर्षमा चार सय २४ वटा सचेतनामूलक कार्यक्रम गरेको छ ।  गत आवमा लागु औषध दुव्र्यसनी बिषयका १५ र जर्बजस्ती करणीका १२ वटा मुद्दादर्ता भएको जिप्रका जुम्लाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार