images
images

बिदेशमा सात वर्ष विताए सुगम राई, अहिले बङ्गुरपालनबाटै स्वदेशमा आकर्षक आम्दानी

बिदेशमा सात वर्ष विताए सुगम राई, अहिले बङ्गुरपालनबाटै स्वदेशमा आकर्षक आम्दानी

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • बिदेशमा सात वर्ष विताए सुगम राई, अहिले बङ्गुरपालनबाटै स्वदेशमा आकर्षक आम्दानी

    पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् ।  उनी व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।  

    उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । 

    बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उउनले बताए । 

    व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् । 

    भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए । 

    विदेशमा सात वर्ष बिताए । राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । 

    “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”

    स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् । 

    आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा  आउने उनले बताए । 

    फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए । 

    फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् ।  “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उनले भने, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् ।  मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।” 

    कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए ।  

    उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ।

     बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार